National Examination Board

SEESchool

Social Studies

Year: 2082

Full Marks: 75Time: 3 Hours

Madhesh Province

SEE Papers

Group 'A'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

1

नेपाल र नेपालीलाई विश्वमा चिनाउने कुनै दुई राष्ट्रिय गौरवको नाम लेख्नुहोस् ।

[1 mark]

2

नेपालको मानव विकास सूचकाङ्कमा सुधार गर्न के गर्नुपर्छ ? कुनै एउटा उपाय लेख्नुहोस् ।

[1 mark]

3

यौन विकृतिले समाजलाई कस्तो असर पार्छ ? कुनै एक असर उल्लेख गर्नुहोस् ।

[1 mark]

4

घरेलु हिंसा विरुद्ध जनचेतना जगाउने नारासहित प्लेकार्डको नमुना तयार पार्नुहोस् ।

[1 mark]

5

वि.सं. २०४६ को जनआन्दोलनको मुख्य उद्देश्य के थियो ?

[1 mark]

6

वि.सं. २०१७ सालमा दलमाथि प्रतिबन्ध लगाउनु ठिक थियो कि थिएन ? एक वाक्यमा आफ्नो तर्कसहित लेख्नुहोस् ।

[1 mark]

7

प्रत्यक्ष करको एउटा उदाहरण दिनुहोस् ।

[1 mark]

8

तपाईंको परिवारको आर्थिक समृद्धिका लागि ऊर्जाको उपयोग कसरी गर्नुहुन्छ ?

[1 mark]

9

हाल सक्रिय नभएको संयुक्त राष्ट्रसङ्घको अङ्ग कुन हो ?

[1 mark]

10

सामाजिक सञ्जालको प्रयोगलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? एउटा उपाय लेख्नुहोस् ।

[1 mark]

11

आफ्नो जीवनलाई स्वस्थ बनाउन तपाईंले गरेको कुनै एउटा अभ्यास उल्लेख गर्नुहोस् ।

[1 mark]

Completed Group 'A'