Group 'A'
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
नेपालको राष्ट्रिय गौरव बढाउने कुनै दुई सांस्कृतिक सम्पदाको नाम लेख्नुहोस् ।
[1 mark]
तोकिएको समयमा विकास आयोजना सम्पन्न गर्न के गर्नुपर्छ ? एउटा सुझाव दिनुहोस् ।
[1 mark]
तपाईंको समाजमा रहेको अन्धविश्वासको एक उदाहरण लेख्नुहोस् ।
[1 mark]
दाइजो प्रथा विरुद्ध जनचेतना जगाउने एक नारा तयार गर्नुहोस् ।
[1 mark]
दोस्रो विश्व युद्धताका नेपालका प्रधानमन्त्री को थिए ?
[1 mark]
प्रथम विश्वयुद्धपछि भएको भर्सेलिजको सन्धिलाई दोस्रो विश्वयुद्धको मुख्य कारण मानिन्छ, किन ?
[1 mark]
ऊर्जाको एक महत्त्व लेख्नुहोस् ।
[1 mark]
तपाईंले आफूसँग भएको पैसा बैङ्कमा राख्नु परेमा चल्ती वा बचत कुन खातामा राख्नुहुन्छ, किन ?
[1 mark]
संयुक्त राष्ट्र सङ्घमा प्रयोग हुने कुनै दुई आधिकारिक भाषाको नाम लेख्नुहोस् ।
[1 mark]
तपाईं आफू बसेको स्थानीय तहको प्रमुख हुनुभयो भने त्यस क्षेत्रको कुनै एक प्रमुख उत्पादनलाई विश्वव्यापीकरण गर्न के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
[1 mark]
तपाईंको परिवारमा आम्दानी वा अन्य स्रोतको उचित व्यवस्थापन गरी परिवारलाई सुखी गराउन के गर्नुहुन्छ ?
[1 mark]