National Examination Board

SEESchool

Social Studies

Year: 2082

Full Marks: 75Time: 3 Hours

Koshi Province

SEE Papers

Group 'A'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

1

राष्ट्रिय पहिचान भनेको के हो ?

[1 mark]

2

मानव विकास सूचकाङ्कको गणना किन आवश्यक छ ? एउटा कारण लेख्नुहोस् ।

[1 mark]

3

दाइजो प्रथाले समाजमा पार्न सक्ने कुनै एउटा असर लेख्नुहोस् ।

[1 mark]

4

समाजमा अन्धविश्वास हटाउन तपाईं के गर्न सक्नुहुन्छ ? तपाईंले गर्न सक्ने कुनै एक कार्य लेख्नुहोस् ।

[1 mark]

5

दोस्रो विश्वयुद्धमा नेपाली फौजले कुन देशको तर्फबाट युद्ध लडेका थिए ?

[1 mark]

6

युरोपका राष्ट्रहरूविच गुटबन्दी नभएको भए प्रथम विश्वयुद्ध हुँदैनथ्यो, किन ?

[1 mark]

7

वैदेशिक रोजगारीका कुनै एक नकारात्मक प्रभाव लेख्नुहोस् ।

[1 mark]

8

नोट सफा र सुरक्षित राख्नका लागि सचेतना जगाउने एउटा नारा लेख्नुहोस् ।

[1 mark]

9

सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?

[1 mark]

10

नेपालको जडीबुटीलाई विश्वव्यापीकरण गर्न के गर्नुपर्छ ? एक वाक्यमा उल्लेख गर्नुहोस् ।

[1 mark]

11

जथाभावी फोहोर गर्ने व्यक्तिलाई तपाईं के भनेर सम्झाउनुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

[1 mark]

Completed Group 'A'