Group 'A'
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
सामाजिकीकरणमा सहयोग पुर्याउने कुनै दुई निकायको नाम लेख्नुहोस् ।
[1 mark]
नेपालमा सङ्घीय शासन प्रणाली लागु भएपछिको कुनै एक उपलब्धि लेख्नुहोस् ।
[1 mark]
नेपालमा सामाजिक सुधारका लागि युनिसेफले खेलेको एउटा भूमिका उल्लेख गर्नुहोस् ।
[1 mark]
दाइजो प्रथा विरुद्ध सचेतना जगाउने नारासहित एउटा प्लेकार्डको नमुना बनाउनुहोस् ।
[1 mark]
साराजेभोमा हत्या गरिएका राजकुमार फ्रान्सिस फर्डिन्यान्ड र उनकी पत्नी कुन देशका थिए ?
[1 mark]
संयुक्त राष्ट्रसङ्घको स्थापना दोस्रो विश्वयुद्धको एउटा उपलब्धि थियो, किन ?
[1 mark]
ऊर्जाका स्रोतहरूमध्ये सबैभन्दा बढी प्रयोग हुने मुख्य दुई स्रोत लेख्नुहोस् ।
[1 mark]
तपाईं मोबाइल बैंकिङको प्रयोग केका लागि गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
[1 mark]
विश्वव्यापीकरण भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।
[1 mark]
जलवायु परिवर्तनले मानव जीवनलाई कसरी प्रभाव पार्छ ?
[1 mark]
तपाईंले स्वस्थ जीवनशैली अवलम्बन गर्न के गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
[1 mark]