National Examination Board

SEESchool

Social Studies

Year: 2082

Full Marks: 75Time: 3 Hours

Bagmati Province

SEE Papers

Group 'A'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

1

नेपालको राष्ट्रिय गौरव झल्काउने कुनै दुई सम्पदाको नाम लेख्नुहोस् ।

[1 mark]

2

सङ्घीय शासन व्यवस्थाको कुनै एक चुनौती लेख्नुहोस् ।

[1 mark]

3

छाउपडी प्रथा भनेको के हो ?

[1 mark]

4

मानौँ तपाईंको साथीलाई एकजना आफन्तले घरेलु हिंसा गर्दा रहेछन् । यो कुरा थाहा पाएपछि तपाईंले साथीलाई के सल्लाह दिनुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

[1 mark]

5

प्रथम विश्व युद्धताका नेपालको प्रधानमन्त्री को थिए ?

[1 mark]

6

दोस्रो विश्वयुद्धले विश्वव्यापी आर्थिक सङ्कट कसरी निम्त्यायो ? एक वाक्यमा लेख्नुहोस् ।

[1 mark]

7

प्रत्यक्ष करको एक विशेषता लेख्नुहोस् ।

[1 mark]

8

तपाईंले खुत्रुकेमा जम्मा गरेको पैसा बैङ्कमा जम्मा गर्नु परेमा बचत र चल्ती खातामध्ये कुन खातामा जम्मा गर्नुहुन्छ, किन ?

[1 mark]

9

संयुक्त राष्ट्र सङ्घको प्रधान कार्यालय कहाँ छ ?

[1 mark]

10

विश्वव्यापीकरणबाट नेपालले कसरी फाइदा लिन सक्छ ? एक वाक्यमा लेख्नुहोस् ।

[1 mark]

11

गुणस्तरीय जीवन कायम गर्न तपाईंको परिवारमा गरेको एउटा अभ्यासको उदाहरण दिनुहोस् ।

[1 mark]

Completed Group 'A'