National Examination Board

SEESchool

Social Studies

Year: 2081

Full Marks: 75Time: 3 Hours

Sudurpashchim Province

SEE Papers

Group 'A'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

1

सामाजिक विविधताको अर्थ एक वाक्यमा लेख्नुहोस् ।

[1 mark]

2

दिगो विकासको अवधारणाअनुसार विकास योजनाहरू सञ्चालन गर्न उपयुक्त हुन्छ, किन ? आफ्नो धारणा एक बुँदामा लेख्नुहोस् ।

[1 mark]

3

मानव बेचबिखन रोक्ने दुई उपायहरू लेख्नुहोस् ।

[1 mark]

4

भ्रष्टाचार विरुद्ध जनचेतना फैलाउन उपयुक्त हुने एक सन्देशमूलक नारा तयार पार्नुहोस् ।

[1 mark]

5

दिल्ली सम्झौतामा भएको कुनै एक प्रावधान उल्लेख गर्नुहोस् ।

[1 mark]

6

'बदलाको भावनाले अर्को दुर्घटना वा विध्वंश निम्त्याउँछ ।' यस भनाइलाई प्रथम वा दोस्रो विश्वयुद्धको उदाहरणबाट प्रस्ट पार्नुहोस् ।

[1 mark]

7

अन्तःशुल्कको अर्थ एक वाक्यमा प्रस्ट पार्नुहोस् ।

[1 mark]

8

वैदेशिक रोजगारीमा गएका तपाईंका आफन्तले विदेशमा कमाएर पठाएको विपे्रषण रकमलाई सदुपयोग गर्न के सुझाव दिनुहुन्छ ? कुनै एक सुझाव लेख्नुहोस् ।

[1 mark]

9

संयुक्त राष्ट्रसङ्घको महासभाले गर्ने कुनै एक कार्य लेख्नुहोस् ।

[1 mark]

10

विश्वव्यापीकरणले नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव न्यून गर्न के गर्नुपर्ला ? कुनै एक सुझाव दिनुहोस् ।

[1 mark]

11

तपाईं बसोबास गर्ने क्षेत्रको वातावरणलाई प्रदूषणमुक्त बनाउन तपाईंले खेल्न सक्ने एक भूमिका उल्लेख गर्नुहोस् ।

[1 mark]

Completed Group 'A'