Group 'A'
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
लैङ्गिक पहिचानको अर्थ एक वाक्यमा लेख्नुहोस् ।
[1 mark]
सङ्घीयताले स्थानीय विकासमा सघाउ पुर्याउँछ भन्ने दृष्टिकोणको पक्षमा तपाईंको विचार एक वाक्यमा लेख्नुहोस् ।
[1 mark]
नेपालमा भ्रष्टाचार विरुद्ध काम गर्ने एक संवैधानिक निकायको नाम लेख्नुहोस् ।
[1 mark]
घरेलु हिंसा रोक्न उपयुक्त हुने एक सन्देशमूलक प्लेकार्ड तयार पार्नुहोस् ।
[1 mark]
नेपालमा संविधानसभाको दोस्रो निर्वाचन कहिले भएको थियो ? विक्रम संवत्मा पूरा मिति लेख्नुहोस् ।
[1 mark]
दोस्रो विश्वयुद्धले नकारात्मक प्रभाव मात्र पारेन यसपछि केही सकारात्मक प्रभाव पनि देखिए । सो युद्धपछि देखिएको कुनै एक सकारात्मक प्रभाव लेख्नुहोस् ।
[1 mark]
बैङ्क खाताका दुई फाइदा लेख्नुहोस् ।
[1 mark]
मानौँ तपाईं जीवन बिमा गर्दै हुनुहुन्छ, जीवन बिमा गर्दा तपाईंले के कुरामा ध्यान दिनुपर्ला ? एक वाक्यमा लेख्नुहोस् ।
[1 mark]
पञ्चशीलको सिद्धान्तको कुनै एक महत्त्व लेख्नुहोस् ।
[1 mark]
सूचना प्रविधिको दुरुपयोग गर्दा भोग्नुपर्ने समस्या एक वाक्यमा लेख्नुहोस् ।
[1 mark]
आफ्नो परिवारको जीवन गुणस्तरीय बनाउनका लागि तपाईंले गर्न सक्ने कुनै एक रचनात्मक कार्य लेख्नुहोस् ।
[1 mark]