Group 'A'
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
नेपालको गौरव बढाउने दुइओटा पक्ष उल्लेख गर्नुहोस् ।
[1 mark]
देश विकासका लागि राष्ट्रिय गौरवका आयोजना आवश्यक छ, किन ? एक बुँदामा उल्लेख गर्नुहोस् ।
[1 mark]
घरेलु हिंसाका कुनै दुईओटा उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
[1 mark]
मानव बेचबिखन न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउन एउटा प्रभावकारी नारासहित प्लेकार्ड तयार पार्नुहोस् ।
[1 mark]
वि.सं. २००७ सालको दिल्ली सम्झौतामा उल्लेख भएको एक प्रावधान 'संविधान सभा (विधान सभा)' को निर्वाचन तोकिएको समयावधि भित्र भएन, किन होला ? आफ्नो तर्क वाक्यमा लेख्नुहोस् ।
[1 mark]
दोस्रो विश्वयुद्धको तत्कालीन कारण के थियो ?
[1 mark]
प्रत्यक्ष करका कुनै दुई विशेषता उल्लेख गर्नुहोस् ।
[1 mark]
तपाईंका आफन्तले वैदेशिक रोजगारबाट पठाएको विप्रेषण रकमलाई उत्पादनमूलक कार्यमा लगानी गर्न कुनै एक सुझाव दिनुहोस् ।
[1 mark]
महासभालाई 'संयुक्त राष्ट्रसङ्घको व्यवस्थापिका' का रूपमा लिइन्छ, किन ? एक बुँदामा लेख्नुहोस् ।
[1 mark]
स्थानीयकरणले स्थानीय संस्कृति तथा रीतिरिवाज प्रवर्धनमा मद्दत पुर्याउँछ, कसरी ? तर्क प्रस्तुत गर्नुहोस् ।
[1 mark]
स्वस्थ जीवनशैलीका लागि तपाईंको परिवारले अपनाउँदै आएको कुनै एक उपाय लेख्नुहोस् ।
[1 mark]