National Examination Board

SEESchool

Social Studies

Year: 2081

Full Marks: 75Time: 3 Hours

Koshi Province

SEE Papers

Group 'A'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

1

सामाजिकीकरणका कुनै दुईओटा माध्यम लेख्नुहोस् ।

[1 mark]

2

दिगो विकासका आयाम र विकासका गतिविधिबिचको अन्तरसम्बन्ध एक वाक्यमा उल्लेख गर्नुहोस् ।

[1 mark]

3

मानव बेचबिखन विरुद्ध जनचेतना जगाउने एउटा नारा तयार पार्नुहोस् ।

[1 mark]

4

घरेलु हिंसाबाट हुन सक्ने कुनै दुईओटा असर लेख्नुहोस् ।

[1 mark]

5

दोस्रो विश्वयुद्धको तत्कालीन कारण लेख्नुहोस् ।

[1 mark]

6

जनआन्दोलन २०६२/२०६३ का उपलब्धिमध्ये सबैभन्दा महत्त्वपूर्ण उपलब्धि केलाई ठान्नुहुन्छ ? आफ्नो तार्किक धारणा प्रस्तुत गर्नुहोस् ।

[1 mark]

7

साधारण सेयर र अग्राधिकार सेयरबिच एउटा भिन्नता प्रस्तुत गर्नुहोस् ।

[1 mark]

8

तपाईंले लगाउने कपडा किन्दा कुन प्रकारको कर तिर्नुभएको हुन्छ ? लेख्नुहोस् ।

[1 mark]

9

विश्व स्वास्थ्य सङ्गठन (WHO) को एउटा कार्य लेख्नुहोस् ।

[1 mark]

10

समसामयिक घटनाको जानकारीले हाम्रो जीवनमा कसरी सहयोग पुग्छ ? एक उदाहरण दिनुहोस् ।

[1 mark]

11

स्वस्थ जीवनशैली अपनाउन तपाईंले अपनाउनुभएको एउटा उपाय लेख्नुहोस् ।

[1 mark]

Completed Group 'A'