National Examination Board

SEESchool

Social Studies

Year: 2081

Full Marks: 75Time: 3 Hours

Gandaki Province

SEE Papers

Group 'A'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

1

हाम्रा राष्ट्रिय गौरवको महत्त्व एक वाक्यमा उल्लेख गर्नुहोस् ।

[1 mark]

2

मानव विकास प्रतिवेदनलाई किन आर्थिक, सामाजिक विकासको महत्त्वपूर्ण प्रतिवेदन मानिएको हो ? आफ्नो विचार एक वाक्यमा उल्लेख गर्नुहोस् ।

[1 mark]

3

प्रथाजन्य कुनै दुई सामाजिक कुप्रथाको उदाहरण दिनुहोस् ।

[1 mark]

4

युनिसेफले बालअधिकार संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै छ । उक्त कार्यक्रमका लागि ब्यानरमा लेखिने नारा तयार पार्नुहोस् ।

[1 mark]

5

वि.सं. २००७ को दिल्ली सम्झौताको समर्थन मात्रै नभई विरोध पनि भएको थियो, किन ? आफ्नो तर्क एक वाक्यमा लेख्नुहोस् ।

[1 mark]

6

प्रथम विश्वयुद्धमा 'धुरी राष्ट्र' अन्तर्गतका कुनै दुई राष्ट्रको नाम लेख्नुहोस् ।

[1 mark]

7

नेपालको आर्थिक विकासमा ऊर्जाको महत्त्व एक वाक्यमा लेख्नुहोस् ।

[1 mark]

8

नेपालबाट स्वरोजगार सिर्जना गर्न सरकारको भूमिका कस्तो हुनुपर्छ ? कुनै एक सुझाव दिनुहोस् ।

[1 mark]

9

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको एक कार्य लेख्नुहोस् ।

[1 mark]

10

सूचना प्रविधिले विद्यार्थीको सिकाइमा पार्ने कुनै एउटा सकारात्मक प्रभाव लेख्नुहोस् ।

[1 mark]

11

स्वस्थ जीवनशैली कायम राख्न तपाईंले अपनाउनुभएका कुनै दुई उपाय लेख्नुहोस् ।

[1 mark]

Completed Group 'A'