Group 'A'
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
तपाईंको समाजमा रहेका बहुसांस्कृतिकताको एक उदाहरण दिनुहोस् ।
[1 mark]
स्थानीय विकासका लागि सङ्घीय शासन प्रणाली किन महत्त्वपूर्ण छ ? एक कारण दिनुहोस् ।
[1 mark]
मानव बेचबिखनबाट व्यक्तिमा पर्ने एक असर लेख्नुहोस् ।
[1 mark]
घरेलु हिंसा विरुद्ध जनचेतना जगाउने आकर्षक नारासहितको प्लेकार्ड तयार पार्नुहोस् ।
[1 mark]
नेपालको प्रथम जननिर्वाचित सरकारले गरेका कुनै दुई कार्यहरू उल्लेख गर्नुहोस् ।
[1 mark]
द्वितीय विश्वयुद्ध हुनुमा तपाईं कुन कारण बढी जिम्मेवार ठान्नुहुन्छ ? आफ्नो तार्किक विचार एक वाक्यमा लेख्नुहोस् ।
[1 mark]
नेपालको चालु आवधिक योजनाको एक उद्देश्य उल्लेख गर्नुहोस् ।
[1 mark]
तपाईंले आफूसँग भएको रकमको बचत कसरी गर्दै आउनुभएको छ ?
[1 mark]
राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अस्थायी सदस्य छनोट प्रक्रिया उल्लेख गर्नुहोस् ।
[1 mark]
असंलग्न परराष्ट्र नीति आज पनि त्यत्तिकै महत्त्वपूर्ण छ, किन ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस् ।
[1 mark]
पारिवारिक योजना सफल बनाउन तपाईंले आफ्नो परिवारमा निर्वाह गर्नुभएको एउटा भूमिका लेख्नुहोस् ।
[1 mark]