SEESchool

Nepali

Year: 2082

Full Marks: 75Time: 3 Hours

Sudurpashchim Province

SEE Papers

All Questions

समूह ‘क’ मा दिइएका शब्दको अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह ‘क’

रद्दी

उदात्त

आभास

जुम्सो

समूह ‘ख’

दुब्लो

झझल्को

अनुहार

काम नलाग्ने

सिपालु

उदार

[2 marks]

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

आउँदो साल विगतका समयभन्दा रमाइलो हुने आशा छ । प्रविधिको पहुँचले मानिसलाई दिन प्रतिदिन सुखी र खुसी बनाएको छ । यसकारण हरेक पलमा मानिस रमाउन चाहन्छ ।

[2 marks]

.

‘चाहना’ को पर्यायवाची शब्द ............. हो ।

[0.5 marks]

.

‘आगत’ को विपरीतार्थक शब्द ............. हो ।

[0.5 marks]

.

अनेकार्थी शब्द ............. हो ।

[0.5 marks]

.

‘समय’ को लघुतावाची शब्द ............. हो ।

[0.5 marks]

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

सबैले नेपाली विषयको परियोजना कार्य मिलेर गऱ्यौँ । सुरुमा कतिपय साथी सक्रिय भएनन् । शिक्षकले एक हातले ताली बज्दैन भनेपछि सबैले आआफ्ना काम खुरुखुरु गर्न थाले । एकले थुकी सुकी सयले थुकी नदी भने झैँ समूहमा मिलेर काम गर्दा नतिजा राम्रो आयो र हामी खुसीले गदगद भयौँ ।

[2 marks]

दिइएका प्रश्नको उत्तर दिनुहोस् :

[3 marks]

.

दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :

[1 mark]

.

विविधता बिबिधता विवधता बिबिधता

[0.5 marks]

.

पञ्चतत्त्व पंचतत्त्व पइचतत्त्व पन्चतत्त्व

[0.5 marks]

.

दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :

आजका सफल नागरीक सुचना र प्रविधिमा परिचित पोख्त र दछ्य हुनुपर्छ ।

[2 marks]

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :

सानी मेलाबाट साथीसँग गफ गर्दै घर गई र ऊ ठुली दिदीसँग मिलेर खुरुखुरु काम गर्न थाली ।

[3 marks]

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (२+२ = ४)

[4 marks]

.

दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

आयुर्वेद उपचार पद्धतिले मानवीय स्वास्थ्य सुरक्षामा विशेष जोड दिन्छ । ग्रामीण र सहरिया जीवनलाई सुमधुर बनाउन यसको भूमिका ठुलो छ ।

[2 marks]

.

दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

बुबाले हामी दिदीभाइलाई झैझगडा नगरी काम गर्न भन्नुभयो । हामी पनि डोकोनाम्लो बोकेर खेतबारीतिर गयौँ । बुबा खाजासाजा बनाउन थाल्नुभयो । धारामा लामो पुच्छर भएको चरो आएर बस्यो । आमा त्यसलाई धपाएर गाईको गोठतिर जानुभयो । हामी सबैले आआफ्ना काम राम्ररी गऱ्यौँ ।

[2 marks]

दिइएका वाक्यलाई भविष्यत् कालको सामान्य पक्षमा परिवर्तन गर्नुहोस् :

तिमी हरेक दिन पुस्तकालय जान्छौ । तिमी मन पर्ने पुस्तक खोजी खोजी पढ्छौ । तिमी पढेका पुस्तकका विषयमा साथीसँग छलफल गर्छौ । तिमी साथीलाई पुस्तक पढ्न प्रेरणा दिन्छौ ।

[2 marks]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

[2 marks]

.

सम्भावनार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो टोलको वर्णन गर्नुहोस् ।

[2 marks]

.

दिइएका तृतीय पुरुषका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

उसले धेरै पढेको छ । ऊ सबै साथीलाई पढ्ने सल्लाह दिन्छ । ऊ पढेको कुरालाई व्यवहारमा प्रयोग गर्छ । ऊ आफूलाई सबैतिर चिनाउन चाहन्छ ।

[2 marks]

ष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

[4 marks]

.

रामभरोस बजार गएर सामान किन्छ । (वाक्य विश्लेषण)

[1 mark]

.

मैले उपन्यास पढेँ । (कर्मवाच्य)

[1 mark]

.

भाइले खानेकुरा खायो । (प्रेरणार्थक)

[1 mark]

.

आमाले भन्नुभयो, “सबैले घरको काम गर्नुपर्छ ।” (अप्रत्यक्ष कथन)

[1 mark]

१०

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

भाइका कुरा सुनेर मुरलीधरले बर्र आँसु झारे । मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइको निधार, छाती, हात, गोडा सबै अङ्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो । केही बेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, “बिसेक हुन्छ बा हरेस नखाऊ । बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ । उहाँको त्यस महान् तपस्याका प्रभावले हाम्रो अनिष्ट कदापि हुने छैन । बरु अब यहाँका वैद्यको भर गरेर बस्नुभएन । तिमीलाई देशतिर औषधी गर्न लैजान्छु ।”

[4 marks]

.

'भाइका कुरा सुनेर मुरलीधरले बर्र आँसु झारे ।' यस वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।

[1 mark]

.

रेखाङ्कित 'मुरलीधरले' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।

[1 mark]

.

'बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।

[1 mark]

.

'उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।

[1 mark]

११

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

नेपाललाई जलस्रोतका दृष्टिले धनी देश मानिन्छ । हिमाल, पहाड र तराईमा फैलिएका सयौँ नदी, खोल्सा, झरना तथा मुहानले नेपाललाई जलसम्पदामा सम्पन्न बनाएका छन् । पानीको मात्रा र नदीको बहावका आधारमा विश्व जलसम्पदामा नेपालको उल्लेखनीय योगदान छ । नेपालमा बहने नदी प्रायः हिमाली क्षेत्रबाट उत्पन्न हुने भएकाले वर्षभरि निरन्तर पानीको प्रवाह भइरहन्छ । यही जलस्रोतले नेपाललाई आर्थिक, सामाजिक तथा पर्यावरणीय रूपमा विकास गर्ने ठुलो आधार प्रदान गर्छ । विशेष गरी जलविद्युत् उत्पादन, सिँचाइको विस्तार, खानेपानी आपूर्ति, पर्यटन प्रवर्धन तथा जल यातायात आदि क्षेत्रमा नेपालको जलस्रोतको उपयोगको ठुलो सम्भावना छ । सिँचाइको पहुँच बढेमा कृषि उत्पादनमा गुणात्मक वृद्धि हुन सक्छ । यसले मुलुकलाई आत्मनिर्भर बन्न मदत गर्छ । जलस्रोतको उपयोग गरी अधिकतम जलविद्युत् उत्पादन गर्नुपर्छ । उत्पादित जलविद्युत् उपयोग भएमा नेपालले विदेशी ऊर्जामा निर्भरता घटाउन सक्छ । अतिरिक्त विद्युत् निर्यात गरी आर्थिक आय वृद्धि गर्न पनि सक्छ । जलवायु परिवर्तनले जलस्रोत संरक्षण र वैज्ञानिक व्यवस्थापनमा चुनौती थपिएका छन् । यदि नेपालले जलस्रोतलाई सुव्यवस्थित रूपमा विकास गर्न सफल भयो भने मुलुकको उज्ज्वल आर्थिक भविष्य निर्माण गर्न सकिन्छ ।

[4 marks]

.

नेपालका प्रमुख जलस्रोत के के हुन् ?

[1 mark]

.

नेपालमा नदीको प्रवाह किन वर्षभरि भइरहन्छ ?

[1 mark]

.

जलस्रोतले कृषि क्षेत्रमा कस्तो सुधार ल्याउन सक्छ ?

[1 mark]

.

जलविद्युत्को विकासले नेपालको आर्थिक भविष्यमा कसरी प्रभाव पार्न सक्छ ?

[1 mark]

१२

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

[4 marks]

.

दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमते लेख्नुहोस् :

कुनै वनमा धेरै परेवा बस्नु...........वनको नजिकै किसानको खेत हुनु......परेवा सधैँ खेतमा गई धान खाने गर्नु.......किसानले परेवालाई जाल थाप्नु........परेवामध्ये बुढो परेवाले जाल देख्नु.......उसले अरू परेवालाई सतर्क गराउनु .......बुढो परेवाबाहेक अरू सबै जालमा पर्नु........जालमा परेका परेवाले पछुताउँदै जालबाट बचाउने जुक्ति निकाल्न बुढो परेवालाई अनुरोध गर्नु.......किसान आएर जाल झिक्ता सबैले मरे जस्तै गर्नु र जाल झिकेपछि सबै एकै साथ उड्नु भन्ने सल्लाह दिनु.....बुढो परेवाको सल्लाहअनुसार सबै परेवाले त्यसै गर्नु......सबै परेवा बाँच्नु ।

[4 marks]

.

वडास्तरीय खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्दा तपाईंको मनमा उठेका भावना समेटी एउटा मनोवाद लेख्नुहोस् ।

[4 marks]

१३

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

[4 marks]

.

'जानकी पुस्तक पसल' धनुषाका तर्फबाट कक्षा १० का अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै जनक शिक्षा सामग्री केन्द्र, लिमिटेड, सानोठिमी भक्तपुरलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।

[4 marks]

.

अर्गानिक मह उद्योगद्वारा उत्पादित शुद्ध महको व्यापार प्रवर्धनका लागि गरिने विज्ञापनको नमुना तयार पार्नुहोस् ।

[4 marks]

१४

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :

कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त अनिवार्य कुरा हो । हेक्का राखौँ, अधिकारले मात्र मानिसको स्वतन्त्रताको रक्षा गर्छ, कर्तव्यले होइन । अधिकारको बगैँचामा मात्र व्यक्तिको व्यक्तित्वको फूल फुल्छ । व्यक्तिले परिवार, समाज र राज्यबाट प्राप्त गर्ने अधिकार पाउनुपर्छ र मात्र त्यो व्यक्तिको समग्र व्यक्तित्व उज्यालो बन्छ । सानो छँदा राम्रो लालनपालन र पोषणयुक्त खाना पाउने अधिकार पाउनुपर्छ । अलिक हुर्कंदै जाँदा शिक्षा र स्वास्थ्यको अधिकार पाउनुपर्छ । पढिसकेपछि उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ । यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्व विकास हुन सक्छ । हरेक व्यक्तिको विकास हुनु नै त्यो परिवार, समाज र राष्ट्रको समेत विकास हुनु हो ।

[2 marks]

१५

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

मेरो देशको शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ । यस्तो शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउँछ । मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्दै कुनै कुराका फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ । यसले मानिसलाई नैतिकवान्, सहिष्णु, दक्ष र विवेकशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक र वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिन्छ । ज्ञान र विज्ञानले युक्त शिक्षाको आर्जन गर्ने आजका विद्यार्थीमा व्यक्तिगत जीवन र सामाजिक जीवनका बारेमा गहिरो ज्ञान हुने छ । यस्ता विद्यार्थीको व्यक्तित्व विकासमा समेत यसले टेवा पुर्‍याउँछ । मेरो देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ । त्यसैले शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ भन्ने मलाई लाग्छ । त्यस्ता व्यक्तिमा प्रतिकूल परिस्थितिमा शान्त रहने, संवेग र भावनाका विभिन्न अवस्थालाई आफैँ व्यवस्थापन गर्ने र परिस्थितिलाई धैर्यपूर्वक सामना गर्ने विशेषता हुनु जरुरी छ । साथै नेतृत्व गर्ने क्षमता, अनुशासन, सत्य र त्रुटि बुझ्ने क्षमता, निरन्तर सुधार गर्ने क्षमता शिक्षित व्यक्तिमा देखिनु जरुरी छ ।

[3 marks]

१६

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (४+४=८)

[8 marks]

.

दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

पहाडले भन्छ पसिना पाए म स्वर्ग झुलाउँथेँ तराई भन्छ सिँचाइ पाए म सुन झुलाउँथेँ

के छ र गाह्रो होस्टेमा हैंसे सबैले मिलाए सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए ।

[4 marks]

.

पहाडलाई पसिना र तराईलाई सिँचाइ किन चाहिएको छ ?

[2 marks]

.

‘श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ ।’ भन्नुको तात्पर्य के हो ?

[2 marks]

.

दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

जे होस् ल, आफ्नै कुरा गरौँ, धेरै पटक भैसक्यो, एउटा लेख तपाईंले मसित माग्नुभएको तर पटकैपिच्छे मैले पर्खनोस् भन्दै आएको छु, पर्खाएको छु । सम्पादक जस्तो मान्छेले पनि जमिनदार कहाँ ऋण माग्न गएको जैरे काहिँलो झैँ पटकै पिच्छे लुत्रे कान लगाएर फर्कनुपर्दा जङ्ग चल्नु स्वाभाविकै हो । जङ्गिदाजङ्गिँदै जङ्गबहादुर बने पनि के लाग्छ र ? अर्काको हातबाट कुनै काम लिनु छ भने आफ्नो बाबु साक्षी राखेर तपाईंले पर्खनुपर्छ । चिल्लो शब्दमा तपाईंले धैर्य गर्नुपर्छ । अझ भनूँ भने झुल्नुपर्छ, धाउनुपर्छ, पर्खनुपर्छ । सभ्य शिक्षित चिल्ला शब्द प्रयोग गर्छन् । आखिर पर्खन सबै पर्खन्छन्, सबै पर्खाउँछन् ।

[4 marks]

.

निबन्धांशमा शिक्षित मानिसलाई किन व्यङ्ग्य गरिएको हो ?

[2 marks]

.

कसैसँग काम लिनका लागि पर्खनै पर्ने चलन हटाउन के गर्नुपर्ला ?

[2 marks]

१७

राजेन्द्रलक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनताका लागि मात्र छन् त ? कथाका आधारमा तर्क दिएर लेख्नुहोस् ।

[4 marks]

१८

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :

[4 marks]

.

उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।

[4 marks]

.

बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।

[4 marks]

१९

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :

[7 marks]

.

दिइएको जीवनीको अंश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

देवकोटाको साहित्यिक यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिका दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो । सुरुमा संसारलाई घनघोर दुःख सागर ठान्ने देवकोटाले मानव सेवालाई धर्म र कर्मलाई ईश्वरको पूजा ठान्दै 'भिखारी' कवितामा मानवतावाद र कर्मवादको शङ्खनाद गरे ।

[7 marks]

.

लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यका क्षेत्रमा दिएको योगदानको समीक्षा गर्नुहोस् ।

[7 marks]

.

दिइएको एकाङ्कीको अंश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

किन बस्ने यहाँ ? एक गाँस खानका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइको गरौँला । जति पसिना बगाउनुपरे पनि आफ्नै घरबारीमा बगाऔँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ ।

[7 marks]

.

‘घरको माया’ एकाङ्कीमा बतासेद्वारा कस्तो देशप्रेमको भावना प्रस्तुत गरिएको छ ? माथिको अंश र पाठका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।

[7 marks]

२०

कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

[7 marks]

.

ज्येष्ठ नागरिकप्रति मेरो दायित्व

[7 marks]

.

लोकतन्त्र र मानव अधिकार

[7 marks]

.

पुस्तकालयको महत्त्व

[7 marks]

Completed All Questions