SEESchool

Nepali

Year: 2082

Full Marks: 75Time: 3 Hours

Bagmati Province

Back to Papers

All Questions

समूह ‘क’ मा दिइएका शब्दको अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह ‘क’

परिष्कार

मस्तक

मनिटर

लाठे

समूह ‘ख’

विकल्पमा आउने

रोपाइँमा कोदालाको काम गर्ने व्यक्ति

त्रुटि हटाउने काम

कपडाको टुक्रो

कम्प्युटरको स्क्रिन

शिर

[2 marks]

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

उनको देहावसानले गर्दा वरिपरि गाउँको अपार क्षति भयो । भोका नाङ्गा, दीन, दुःखी दरिद्रका बाबु मरे । बुढाबुढी र असहायको टेक्ने लट्ठी भाँचियो । न्यायको बत्ती निभ्यो । अनाथ अशक्तको आशास्तम्भ ढल्यो । गाउँका ‘धन्वन्तरि’ अस्ताए । आशाको त्यान्द्रो पनि छिन्यो ।

[2 marks]

.

‘निसाफ’ को पर्यायवाची शब्द ............. हो ।

[0.5 marks]

.

‘सुखी’ को विपरीतार्थक शब्द ............. हो ।

[0.5 marks]

.

‘दिन’ शब्दको श्रुतिसमभिन्नार्थी शब्द ............. हो ।

[0.5 marks]

.

‘पराल’ को लघुतावाची शब्द ............. हो ।

[0.5 marks]

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

जता काफल पाक्छ उतै चरी नाच्छ भन्दै नवनियुक्त प्रधानाध्यापकलाई माला लगाउन पुगेका एक जना शिक्षक टेबुलमा माला थपक्क राखेर हात मिलाउन थाले । अर्का शिक्षक भने ल्हासामा सुन छ कान मेरो बुच्चै भन्दै जुरुक्क उठेर आफ्नो बाटो लागे ।

[2 marks]

दिइएका प्रश्नको उत्तर दिनुहोस् :

[3 marks]

.

दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :

[1 mark]

.

बातावरण बाताबरण वातावरण वाताबरण

[0.5 marks]

.

झन्डा झण्डा झन्डा झंडा

[0.5 marks]

.

दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :

प्रतिभाशालि महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका मूनामदन कुञ्जिनी र लुनी खण्डकाव्य नेपाल भरि चर्चित छन् ।

[2 marks]

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :

परिश्रमीले कर्म गरेर खान जानेका हुन्छन् । असल कर्मको महत्त्व उनीहरूले बुझेका हुन्छन् । पाखुरा बजारेर जीवन निर्वाह गर्ने उनीहरूप्रति सबै व्यक्तिले सम्मान गर्नुपर्छ ।

[3 marks]

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (२+२ = ४)

[4 marks]

.

दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

आज ग्रामीण जनजीवन सहरीया बन्दै तडकभडकमा डुब्दै गएको देख्दा समाजका प्रबुद्ध व्यक्तिसमेत चिन्तित बनेका छन् । विज्ञान र प्रविधिले जन्माएका यन्त्रमानव झैँ मानिस विचित्रका कुरूप प्राणी बन्नुहुँदैन ।

[2 marks]

.

दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

हिजो आजका मानिससँग आल्तुफाल्तु समय कहाँ छ र ? उनीहरू जीविकोपार्जनका लागि रातोदिन कामसाम गर्न बाध्य छन् । आखिर हात र मुख जोर्न छलकपट गर्नुभन्दा त आआफ्नै कामकाजमा ध्यान दिनु बुद्धिमानी हुन्छ ।

[2 marks]

दिइएका वाक्यलाई भविष्यत् कालको सामान्य पक्षमा परिवर्तन गर्नुहोस् :

मनोहर विद्यालय गयो । मनोहरले विद्यालयमा पढ्यो । मनोहरले कक्षा कार्य गर्‍यो । मनोहर घर फर्कियो ।

[2 marks]

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

[2 marks]

.

सम्भावनार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो टोलको विकासका बारेमा वर्णन गर्नुहोस् ।

[2 marks]

.

दिइएका तृतीय पुरुषका वाक्यलाई द्वितीय पुरुषमा परिवर्तन गर्नुहोस् :

उनी असल विद्यार्थी हुन् । उनी कक्षामा सबैभन्दा बढी उपस्थित हुन्छन् । उनी सबैलाई आदर गर्छन् । उनी पढाइका साथै खेलकुदमा पनि रुचि राख्छन् ।

[2 marks]

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

[4 marks]

.

हामी बन्दीपुर गयौँ । हामी रमायौँ । (वाक्य संश्लेषण)

[1 mark]

.

गोपाल छाता ओढ्छ । (कर्मवाच्य)

[1 mark]

.

विद्यार्थी खेल खेल्दै थिए । (प्रेरणार्थक)

[1 mark]

.

सुबोधले भाइलाई आज बजार नजाने कुरा सुनायो । (प्रत्यक्ष कथन)

[1 mark]

१०

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

देवकोटाको जागिरे जीवनयात्रा पनि नदी झैँ एकनासले कहिल्यै बगेन । उनको जीवनमा कहिलेकाहीँ कहाली लाग्दा दुःखेदुःख निम्तिए । देवकोटा ३४ वर्षको उमेरमा नै नेपाली भाषानुवाद परिषद्‌मा नेपाली पुस्तक लेखकका रूपमा जागिरे भए । यो जागिर अवधि उनको लेखन यात्राको स्वर्णकाल रह्यो । यसै समयमा उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता कथा र निबन्ध रचना गरेका छन् । देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ? मुलुकमा जति बेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनी घरपरिवार कसैलाई थाहा नदिई बनारसतर्फ प्रबासिए । त्यहाँबाट निस्कने “युगवाणी” पत्रिकामार्फत निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । त्यहाँ उनी सिकिस्त बिरामी परे । उनी शारीरिक अवस्था झनझन बिग्रँदा बोल्न पनि नसक्ने अवस्थामा पुगे । असक्त भई प्राणै जोगाउन मुस्किल परेपछि उनले विदेशमा बसेर मर्नुभन्दा आफ्नै देशमा बसेर सक्दो सेवा गर्ने विचार लिए र काठमाडौँ आए ।

[4 marks]

.

‘त्यति बेला देवकोटाले विद्रोहको बाटो समाते’ यो वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।

[1 mark]

.

अनुच्छेदमा रेखाङ्कित ‘त्यहाँबाट’ शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।

[1 mark]

.

‘त्यहाँ उनी सिकिस्त बिरामी परे ।’ यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।

[1 mark]

.

‘उनी शारीरिक अवस्था झनझन बिग्रँदा बोल्न पनि नसक्ने अवस्थामा पुगे ।’ यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।

[1 mark]

११

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

नेपालको प्राकृतिक, भौगोलिक, सामाजिक र सांस्कृतिक पर्यावरण जैविक खेतीका लागि अनुकूल छ । प्रशस्त मात्रामा जङ्गल, चरन सुविधा र पानीको स्रोत भएकाले नेपालमा व्यावसायिक रूपमा गाई, भैँसी, बाख्रा, भेडा, कुखुरा, सुँगुर, माछा जस्ता पशुपन्छी पाल्न सकिन्छ । यसबाट पर्याप्त मात्रामा दुध, दही, घिउ, उन, मह, चिज आदिको उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन हुन्छ । पानीको स्रोत उपयोग गरेर सिँचाइको राम्रो व्यवस्था गर्न सकिन्छ । बहुसङ्ख्यक नेपालीको पुर्ख्यौली व्यवसाय जैविक खेती नै भएकाले त्यसलाई थोरै आधुनिक र व्यावसायिक बनाइदिए पुग्छ । अब नेपालका गाउँ गाउँसम्म सडक यातायात पुग्न थालेको छ । उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउन सहज बन्दै छ । जैविक खाद्यवस्तु देशभित्र र विदेशमा पनि महँगो मूल्यमा सजिलै बिक्री हुन्छ । बर्सेनी अरबौँ रुपियाँको खाद्यपदार्थ आयात गर्न अहिलेको नेपालको बाध्यता बनेको छ । निर्वाहमुखी र परम्परागत खेतीका कारण यस्तो भएको हो । जैविक खेतीलाई बृहत् अभियानका रूपमा अगाडि बढाउन सके नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन सक्छ । नेपालमा व्यावसायिक जैविक खेतीलाई रोजगारीको मुख्य आधार बनाउन सकिन्छ । युवाहरू स्वदेशमा नै रहँदा राष्ट्र विकासमा सकारात्मक प्रभाव पर्छ । परनिर्भरता घट्न जाँदा स्वावलम्बी संस्कृतिको विकास हुन्छ ।

[4 marks]

.

नेपालको सन्दर्भमा जैविक खेतीका लागि कुन कुन पक्ष अनुकूल छन् ?

[1 mark]

.

जैविक खाद्यवस्तु कहाँ कहाँ बिक्री हुन्छन् ?

[1 mark]

.

जैविक खाद्यवस्तु किन महँगो मूल्यमा बिक्री हुन्छ ?

[1 mark]

.

नेपाललाई खाद्यान्नमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?

[1 mark]

१२

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

[4 marks]

.

दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमते लेख्नुहोस् :

नाम : अरुणा लामा

जन्म : वि.सं. २००२ भाद्र २४ गते

जन्मस्थान : दार्जिलिङ, भारत

विशेषता : स्वरमा सुकोमलता र सुमधुरता, अन्तर्मनका मर्म र करुणाको स्वर प्रतिध्वनित, भावपूर्ण र करुणापूर्ण स्वर, जातीय सचेतता र मानवीय संवेदनाको उत्कर्ष

सम्मान : स्वर किन्नरीका रूपमा सम्मानित नारी प्रतिभा, ‘छिन्नलता’ पुरस्कारद्वारा सम्मानित, ‘कान्छी’ चलचित्रकी उत्कृष्ट गायिका

पुरस्कार : ‘उर्वशी’ चलचित्र पुरस्कार, भारतस्थित कलकत्ताको ‘दिसारी’ पुरस्कार

मृत्यु : वि.सं. २०५४ माघ २२ गते

[4 marks]

.

‘फोहोरमैला व्यवस्थापन’ शीर्षकमा दुई जना साथीबिच भएको संवाद तयार पार्नुहोस् ।

[4 marks]

१३

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

[4 marks]

.

खाली जमिनमा वृक्षरोपण गर्नका लागि आवश्यक बिरुवाको माग गर्दै जिल्ला वन कार्यालयलाई लेखिने निवेदनको नमुना तयार पार्नुहोस् ।

[4 marks]

.

विद्यालयले मनाएको वार्षिकोत्सव कार्यक्रमका विषयवस्तु समेटी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिने समाचारको नमुना तयार पार्नुहोस् ।

[4 marks]

१४

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :

ससाना कार्यबाट प्राप्त हुने ठुल्ठुला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्ना कर्तव्यका दायरा छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । ससाना कुरा मात्र हेरौँ न ! नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले झरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ ।

[2 marks]

१५

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

आयुर्वेदिक उपचार पद्धतिमा व्यवस्थापन, सङ्गठन र निदानमा समेत केही सीमा रहेका छन् । दुर्घटनामा परी अङ्गभङ्ग भएको साथै एपेन्डिसाइटिस, हृदयघात, पक्षघात आदि रोगबाट पीडित बिरामी, शल्यक्रियाबाट गरिने उपचार, सघन उपचार आदिमा राखेर गरिने उपचारमा एलोप्याथीको सहयोग लिनुपर्ने व्यवस्था छ । साथै आयुर्वेद उपचारका नाममा जसले पनि औषधी बेच्नु, भिडभाड हुने ठाउँमा हकरले पनि औषधी बेच्नु र त्यसलाई रोक्ने कुनै संयन्त्र नहुनु र यसरी जो पायो त्यसले घरघरै स्वघोषित आयुर्वेदिक वैद्य बनेर उपचार गर्नु जस्ता यसका सीमा हुन् । आयुर्वेदिक औषधीको पार्श्वप्रभाव न्यून हुन्छ । धेरै खायो भने चिनी पनि तितो हुन्छ भने झैँ नजानी नजानी त्यस्ता औषधी खाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

[3 marks]

१६

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (४+४=८)

[8 marks]

.

दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

खुसी घाँटीमा नै अड्किए जस्तो भयो । बोल्नै गाह्रो भयो । मैले आमालाई गम्लङ्ग अँगालो हालेँ । आमाको छातीबाट न्यानो प्रसार भएर मेरो भित्र हृदयमा पुग्यो । म निकै बेरसम्म अँगालोमै बेरिरहेँ । मेरो हिक्क झन् झन् बढेर आयो ।

[4 marks]

.

‘म’ पात्र आमाको अँगालोमा बाँधिएर किन हिक्क हिक्क गरिन् ?

[2 marks]

.

कथांशमा म पात्रको कस्तो अवस्थालाई चित्रण गरिएको छ ?

[2 marks]

.

दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

सादा जीवन, उच्च विचार र मानव सेवामा समर्पित भएका कारण रुइत आफ्ना सपना पूरा गर्न सफल भएका हुन् । सफल र लोकप्रिय बन्न विदेशै जानुपर्छ भन्ने सोचलाई रुइतले गलत साबित गरिदिएका छन् । नेपालमै बसेर संसारभरिका मानिसको सेवा गर्न र जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने कुराका लागि रुइतको जीवनी अनुपम दृष्टान्त हो । धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षबाट मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने कुराको प्रेरणा उनको जीवनीबाट पाउन सकिन्छ ।

[4 marks]

.

स्वदेशमै बसेर जीवन सार्थक पार्न के गर्नुपर्छ ? अनुच्छेदका आधारमा लेख्नुहोस् ।

[2 marks]

.

सन्दुक रुइतबाट के प्रेरणा पाउन सकिन्छ ? माथिको अंशका आधारमा लेख्नुहोस् ।

[2 marks]

१७

यदि तपाईं ‘घरझगडा’ कथाकी पात्र राजेन्द्रलक्ष्मी हुनुभएको भए देवर बहादुर शाहप्रति तपाईंको व्यवहार कस्तो हुन्थ्यो ? तर्क दिई लेख्नुहोस् ।

[4 marks]

१८

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :

[4 marks]

.

नेपाल भोको रहन्छ सितो एउटैले नखाए नेपाल नाङ्गो रहन्छ टालो एउटैले नलाए ।

[4 marks]

.

सबै पर्खाइको पछिल्तिर मेरा सयौँ सपना पर्खिरहने छन्, इच्छा र आकाङ्क्षा पर्खिरहने छन् ।

[4 marks]

१९

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :

[7 marks]

.

दिइएको कथांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :

कसले भन्छ अकारण नै कोही शत्रु हुँदैन ? मार्नै अकारण कोही कसैको शत्रु हुँदैन तर झगडाको निहुँ कति सजिलै पाइन्छ ? कृष्ण रायले धेरैसँग सङ्गत गरेनन् तर जतिसँग गरे सबैलाई तिनीसँग ‘बापवैर साँध्ने कुनै न कुनै निहुँ दिए । कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तै बैरी बनाउने साधन लुकिरहेको देखिन्छ । भोलिपल्ट यो घटनाको जाँच हुँदा पुलिसको इन्स्पेक्टरले तिनलाई सोध्यो, “तपाईंलाई कसैमाथि शङ्का छ ?” कृष्ण रायले गम्भीर भएर उत्तर दिए, “रामे, केदार, युवक, गोविन्द पण्डित, कन्हैया, मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली.......”

[7 marks]

.

‘शत्रु’ कथाका पात्र कृष्ण रायका मनमा उब्जिएका मानसिक उतार चढावलाई कथाका आधारमा समीक्षा गर्नुहोस् ।

[7 marks]

.

दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

आफ्नो गाउँमा त भकारो कै छेउमा गुन्द्री हालेर सुत्दा पनि गनाउँदैनथ्यो, मल्कै भारी बोक्दा पनि गनाउँन्नथ्यो । फेरि तातो पानी, तातो हावा, यस्तो दुःख खाएर को बस्न सक्छ यहाँ ? भोकै परे पनि बरु आफ्नै देशमा कुवाको चिसो पानी पिएर वरको चौतारीमा शीतल हावा खाएर सुतौँला नि । जमानसिंह दाइ, हिँड तिमी पनि, जाऔँ आफ्नै घर, आफ्नै देश ।

[7 marks]

.

हाल युवावर्ग विदेश पलायन भइरहेको समयमा एकाङ्कीकारले पात्र ‘बतासे’ का माध्यमबाट कस्तो सन्देश दिन खोजेका छन् ? पाठका आधारमा समीक्षा गर्नुहोस् ।

[7 marks]

२०

कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

[7 marks]

.

राष्ट्रप्रति मेरो कर्तव्य

[7 marks]

.

सूचना र प्रविधिको महत्त्व

[7 marks]

.

यातायात र विकास

[7 marks]

Completed All Questions